Connect IPS
IME Life

शेयर बजारलाई कुनै अस्त्रले काम गरेन, घट्ने निरन्तरता कायमै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा कुनै पनि अस्त्रले काम गर्न सकेको छैन । बजारलाई सकारात्मक बनाउन ठुला लगानीकर्तादेखि सरकार नै लाग्दा पनि बढ्न सकेको छैन । बैंक वित्तीय संस्थाले व्याज घटाउने निर्णय गर्दा ९० अंकले बढेको शेयर बजार भोलिपल्टैदेखि घट्न थाल्यो ।

नेपाल राष्ट्र बैंकदेखि नेपाल सरकार नै बजार बढोस् भन्ने पक्षमा छन् । अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकारले कित्ताकाट खुला गर्यो । कित्ताकाट खुला गर्ने निर्णयले हिजो बुधबार नेप्से सूचक १५ अंकले सुधार भयो । तर हिजोको सुधारले आज निरन्तरता पाउन सकेन । आज नेप्से सूचक १५.७३ अंकले घटेको छ ।

Prabhu
Crest

अधिकाम्स बैंक वित्तीय संस्थाले तेस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । बाणिज्य बैंकहरुको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । केहि बैंकको खराव कर्जा बढ्दा प्रोभिजनिङ गर्नु परेरकाले मुनाफा घटेको देखिए पनि समग्रमा ११ प्रतिशतले बढेको छ । आर्थिक संकटको यस्तो अवस्थामा पनि बाणिज्य बैंकको मुनाफा बढिरहेको छ । बैंकिङ तरलतामा विस्तारै सुधार आइरहेको छ । तर आर्थिक मन्दी र महंगीले चरम सिमा नाघिसकेको छ । यसले गर्दा पनि लगानीकर्तामा कन्फिडेन्स आउन सकेको छैन ।

माहोल नै नकारात्मक हुँदा सरकारले जति सुकै बजार सुधारको अपेक्षा गरे पनि बढ्न भने सकेको छैन । आज साताको अन्तिम दिन नेप्से सूचक १५.७३ अंकले घटेर १९०४.४० अंकमा झरेको छ । कारोबार रकम ९८ करोड ३३ लाख रुपैयाँमा सिमित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS