काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ७३ अंकले घटेर १,९०४ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज ३० कम्पनकिो शेयर मुल्य बढेको छ भने १८२ कम्पनकिो शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६७ कम्पनीको ३१ लाख ९४ हजार कित्ता शेयर किनबेच हुँदा ९७ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको कारोबार भएको छ । बैंकको ५ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंक प्रोमोटर शेयर कारोबार भएको छ । बैंकको ३ करोड ५३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । एशियन लाइफको ३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।