IME Life
GBIME

आजसम्म शेयर किन्नेले एशियन लाइफको प्रस्तावित लाभांश पाउने, एजिएम कहिले ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एशियन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि २०८० बैशाख ८ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसकारण बैशाख ७ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् भने साभामा भाग लिन समेत योग्य हुनेछन् ।

एशियन लाइफ इन्स्योरेन्सले १५औं वार्षिक साधारण सभा बैशाख १८ गते गर्ने भएको छ । उक्त सभा बिहान ११ः३० बजे होटल क्लासिक सिमरा, बारामा गर्ने भएको छ । कम्पनीको चैत २३ गते बसेको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

Crest

सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लख रुपैयाँको ८.५० प्रतिशतले हुन आउने २४ करोड ७१ लख ८९ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

यस्तै सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आथिृक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन, सहित असार मसान्तसम्मको हिसाब, नाफा नोक्सान, वासलात लगायतको विषयमा छलफल गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले लेखा परिक्षकको नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । बोनश शेयरपछि जारी र चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरी ६ अर्ब कायम गर्न प्रबन्धपत्र संशोधन गर्ने लगायतको प्रस्ताबहरु परित गर्नेछ । कम्पनीले व्यवसायीक रुपमा भाडामा दिन तथा बिक्री गर्न भवन निर्माण गर्ने सम्बन्धमा प्रबन्धपत्रको दफा ५ (क) मा संशोधन गर्ने प्रस्ताब परित गर्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS