काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव १३ अंकले बढेर १,९२० दशमलव १२ को विन्दुमा कायम भएको छ । आज १६६ कम्पनीको शेयर मुल्य बढेको छ भने ४२ कम्पनकिो शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता शेयर किनबेच हुँदा ८७ करोड २१ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभनदा धेरै स्वाभिमान लघुवित्तको संस्थापक शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ८३ लाख रुपैयाँ संस्थापक शेयरको कारोबार भएको छ । नविल बैंकको ३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड १८ लाख रुपैयाँको शयर कारोबार भएको छ ।