काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ अंकले घटेर १,९०४ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज ६१ कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ कम्पनकिो शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, मैलुङ हाइड्रोका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले ७ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावर कम्पनीका लगानकिर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।