काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ अंकले घटेर १,९०४ दशमलव ९८ को विन्दुमा कायम भएको छ । आज ६१ कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ कम्पनकिो शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६६ कम्पनीको २९ करोड ७५ लाख ९२० कित्ता शेयर किनबेच हुँदा ८७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै प्रभु बैंकको संस्थापक शेयर कारोबार भएको छ । आज बैंकको ५ करोड २६ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको ३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।