Connect IPS
IME Life

क्यापिटल प्लानको समय थप्न प्राधिकरणलाई सकस, फोर्स मर्जर कि हकप्रद ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा बीमा कम्पनीहरुको क्यापिटल प्लानलाई कसरी अगाडी बढाउने भन्ने विषयमा अन्योलता छाएको छ । बीमा कम्पनीहरुलाई न्युनतम पूँजी जुटाउन दिएको म्याद गएको चैत मसान्तमै समाप्त भइसकेको छ । तर अहिलेसम्म चार वटा कम्पनीहरुले मात्रै न्युनतम चुक्ता पूँजी जुटाएका छन् ।

हालसम्म नेपाल लाइफ, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरले मात्रै न्युनतम पूँजी जुटाउन सफल भएका छन् । बाँकी कम्पनीको पूँजी पुग्न सकेको छैन । प्राधिकरणले २०७८ चैत १० गते बीमा कम्पनीहरुको न्युनतम पूँजी बढाएको थियो । गएको चैत मसान्त भित्र जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई साढे दुई अर्ब पूँजी जुटाउन समय दिइए पनि प्राधिकरणले हकप्रद निष्काशनलाई निरुत्साहित गर्यो ।

Prabhu
Crest

हकप्रद शेयर निष्काशनमा प्रतिवन्ध लगाएको प्राधिकरणलाई अहिले यहि पोलिसी घाडो भएको छ । कम्पनीहरुको संख्या घटाउन प्राधिकरणले पूँजी बढाएर हकप्रदको नीति लिएको हो । यहि नीति अनुसार हालसम्म निर्जीवन तर्फ ४ वटा र जीवन तर्फ २ वटा मर्जर सफल भइसकेका छन् ।

मर्जर पछि सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरले मात्रै न्युनतम पूँजी जुटाउन सकेका छन् । यस बाहेक अन्य कम्पनीहरुलाई न्युनतम पूँजी जुटाउन हकप्रद शेयर आवस्यक पर्ने देखिएको छ । उनिहरुका लागि हकप्रद खुला गर्दा सबैका लागि खुला गर्नु पर्ने भएकाले यो अझै छलफलको विषय रहेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।

असार मसान्त भित्रमा कम्पनीहरुले आर्जन गर्ने मुनाफाबाट कति जति बोनस शेयर दिन सक्छन् र उनिहरुलाई कतिजति पूँजी नपुग हुन्छ त्यसको आकलन गरेर मर्जरको म्याद थप गर्ने विषयमा निर्णय हुने सिलवालले इन्स्योरेन्स खवरलाई जानकारी दिए । असारसम्मको मुनाफाबाट पनि धेरै पूँजी अपुग हुने देखियो भने फोर्स मर्जरको नीति पनि लिनु पर्ने अवस्था आउने भएकाले अहिले नै हकप्रद खुला गर्ने पक्षमा प्राधिकरण छैन ।

कतिपय बीमा कम्पनीहरुले बोनस शेयर मार्फत पूँजी जुटाउन चाहेमा अझै धेरै समय पर्खनु पर्छ । साथै उनिहरुलाई मात्रै हकप्रद शेयर निष्काशन गर्न दिदा इन्ड्रष्ट्रिका अन्य कम्पनीहरुलाई अन्याय हुने प्राधिकरणको तर्क छ । प्राधिकरणलाई निर्जीवन तर्फ प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको विषयमा निर्णय लिन समस्या परेको हो । प्रभु र नेपाल इन्स्योरेन्स कम्पनीलाई मर्जरका लागि प्राधिकरणले धेरै लामो समयदेखि दवाव दिदै आएको छ । तर प्राधिकरणको ठुलो दवावलाई पनि कम्पनीहरुले सहन गर्दै आइरहेका छन् ।

मर्जर सफल हुन नसके पछि नेपाल इन्स्योरेन्स कम्पनीले सम्पत्ती बिक्री गरेर नपुग पूँजी जुटाउने योजना पेश गरेको छ । नेपाल इन्स्योरेन्स सँगै धेरै स्थानमा घर जग्गा लगायतका सम्पत्ती रहेकाले डिडिए मूल्याङ्कन धेरै हुने र स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर हुन सकेको छैन । त्यसैले हकप्रद शेयर निष्काशन नगरी नेपाल इन्स्योरेन्स सम्पत्ती बिक्री गरेर बोनस शेयर मार्फत पूँजी जुटाउने योजना प्राधिकरण समक्ष पेश गरेको छ ।

प्राधिकरण प्रभुलाई जसरी पनि मर्जर गराएरै छाड्ने योजनामा छ । प्रभुले मर्जर प्रकयाँमा भाग लिएर पनि भाडेको थियो । एनएलजी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी भएको भन्दै हकप्रद शेयरको प्रस्ताव गर्दै आइरहेको छ । जवकी ज्वाइन्ट भेञ्चर भएको सगरमाथाले समेत मर्जर सफल बनाएको छ । प्राधिकरणले एनएलजीलाई मर्जरमा जान त्यति धेरै दवाव दिन सकेको छैन ।

नेकोलाई अझै ३६ करोड पूँजी आवश्यक छ । तर कम्पनी मर्जरमा जाने योजनामा छैन । यो कम्पनीले साउन सम्मको मुनाफाबाट बोनस शेयर दिने र नपुग थोरै पूँजीका लागि हकप्रद निष्काशनको लागि प्राधिकरण समक्ष पुग्ने योजनामा छन् । प्राधिकरणले मर्जरको समय थप्छ भन्ने अनुमान गरेको नेककोले सुरुवाती दिनदेखिनै मर्जरका लागि त्यति धेरै जोडबल गरिरहेको थिएन । प्राधिकरण पनि नेकोलाई मर्जरका लागि फोर्स गर्न सकिरहेको छैन ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको विषयमा केहि पनि टुङ्गो छैन । लेखापरीक्षणमै अल्झिएको कम्पनीले मर्जरको नीति अख्तियार गर्न सकेको छैन । त्यस्तै अर्को राष्ट्रिय बीमा संस्थानको हालत पनि उस्तै छ ।

जीवन तर्फ एशियन लाइफको क्यापिटल प्लानको विषयमा प्राधिकरणलाई टाउको दुखाईको विषय बनेको छ । यस बाहेक अरु सबैको क्यापिटल प्लान क्लियर छ । नेशनल लाइफले असारसम्मको मुनाफाबाट सजिलै पूँजी जुटाउन सक्नेछ । एलआइसी नेपालले विदेशी लगानीकर्ताबाट हकप्रद बापतको पूँजी भित्र्याइसकेको छ । प्राधिकरणले पनि हकप्रद शेयर निष्काशनको अनुमति दिइसकेको छ ।

एक पटक मर्जर सम्पन्न गरेर पनि पूँजी नपुगेका कम्पनीहरुलाई प्राधिकरण हकप्रद निष्काशनको अनुमति दिने पक्षमा छ । यसका लागि पनि प्राधिकरण समय कुरेर बसेको छ । यदि एशियन लाइफले आगामी असार मसान्तसम्मको मुनाफाबाट समेत बोनस शेयर दिन पायो भने पनि न्युनतम पूँजीलजुटाउन सक्दैन । आइपिओ निष्काशन नगरेका ५ कम्पनीहरु प्रिमियममा आइपिओ निष्काशन गर्ने अन्तिम तयारीमा छन् ।

जीवन तर्फ प्राइम, गुराँस र युनियनले यहि बैशाख भरिमा एकिकृत कारोबार गर्दै छन् । महालक्ष्मी लाइफ र प्रभु लाइफले मर्जरको सहमति गरेर बसेका छन् । महालक्ष्मी लाइफले प्रिमियममा आइपिओ निष्काशन गर्ने वित्तीकै मर्जरमा जाने अन्तिम तयारीमा छन् ।

यहि गोलमटोल अवस्थाले गर्दा प्राधिकरणले क्यापिटल प्लानको विषयमा ठोस निर्णय लिन नसकेको हो । तत्कालका लागि हकप्रद शेयर खुला नगर्ने र ६-७ महिनासम्ममा मर्जर र बोनस शेयरकै नीति अख्तियार गर्ने र त्यस पछि अर्को नीति अख्तियार गर्ने पक्षमा प्राधिकरण रहेको छ । यस विषयमा केहि दिन छलफल गरेर निर्णय गर्ने अध्यक्ष सिलवालको भनाइ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS