काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । हिजो पनि सामान्य अंकले घटेको बजार आज २३ दशमलव ६४ अंकले घटेर १,९०८ दशमलव ०४ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शनका लगानकिर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । मोलुङ हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।