SKIP THIS

MLBL
IME Life
Beema Board

शेयर बजार सिजनमै घट्दो क्रममा, सरकार राष्ट्र बैंक र लगानीकर्ताको जोडबलले काम गरेन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारले अझै पनि गति लिन सकेको छैन । विगत १०/२० वर्षको ट्रेण्डलाई हेर्यो भने वियरिस ट्रेण्डमा पनि बैशाखमा बजार बढ्ने गरेको छ । तर यस पटक विगतको तुलनामा केहि फरक देखियो ।

विश्लेषकहरुका अनुसार यस पटकको वियरिस ट्रण्ड विगतको भन्दा धेरै नै फरक पाइएको विश्लेषकहरु बताउछन् । अहिले शेयर बजारमा राजनीतिक कारण भन्दा पनि विश्वकै अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव देखिएको छ । व्यवसायीको तथा लगानीकर्ताको चौतर्फी विरोध पछि सरकारले नेपाल राष्ट्र बैंक हुँदै बैंकर्स संघ मार्फत बाणिज्य बैंकको व्याज घटाउन दवाव दियो । बैंकहरुले यहि बैशाखदेखि निक्षेपको व्याजदर अधिकतम ९.९९ प्रतिशत भन्दा माथि नदिने निर्णय गरिसकेका छन् । निक्षेपको व्याजदर एकल अंकमा झरे पनि लगानीकर्ताको मनोबल भने बढ्न सकेन ।

Prabhu
Crest

अहिलेको आर्थिक संकट बैंक व्याजदरमा मात्रै निर्भर छैन । समग्र आर्थिक चक्रमै ठुलो प्रभाव पारेको छ । जवसम्म समग्र आर्थिक स्थितिको सुधार सर्वसाधारणलाई अनुभव हुदैन तवसम्म बजारमा अत्याधिक सुधार हुने देखिदैन ।

सोमबार नेप्से सूचक २३.६४ अंकले घटेको छ । सूचक सँगै कारोबार रकम पनि ९२ करोड ७ लाख रुपैयाँमा सिमित भएको छ । नेप्से सूचक १९०८.०४ अंकमा झरेको छ । भोलि पनि बजारमा गिरावट आयो भने बजार १८ सय अंक भन्दा तल झर्ने देखिन्छ । सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आउदा १८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २३ वटाको शेयर मूल्यमा सुधार देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS