काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । हिजो पनि सामान्य अंकले घटेको बजार आज २३ दशमलव ६४ अंकले घटेर १,९०८ दशमलव ०४ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता शेयर किनबेच हुँदा ९२ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७ करोड २ लाख माथिको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ४ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकको २ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।