Connect IPS
IME Life

बीमा र बैंकको व्यवस्थापकीय तहमा महिला सहभागीता २० प्रतिशतभन्दा तल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरूमा प्रबन्धकभन्दा माथिल्लो पदमा कार्यरत कूल जनशक्तिमध्ये महिला जनशक्ति १९.७४ प्रतिशत मात्र रहेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थामा समेत प्रबन्धकभन्दा माथिको पदमा कार्यरत जनशक्तिमध्ये महिलाको सहभागीता १९.७२ प्रतिशत मात्र रहेको छ।

महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा ३५ बीमा कम्पनीहरुमा प्रबन्धकभन्दा माथिको पदमा कार्यरत कूल ९५२ मध्ये महिला कर्मचारीको स‌ंख्या १८८ मात्र रहेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा बीमा कम्पनीहरुमा कार्यरत जनशक्तिको स‌ंख्या १२,०३१ रहेको थियो । महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार गत आवमा बैंक तथा वित्तीय संस्थाहरूमा प्रबन्धकभन्दा माथिको पदमा कार्यरत कूल ३ हजार ४४२ कर्मचारीमध्ये जम्मा ६७९ जना महिला कर्मचारी कार्यरत छन् ।

Prabhu
Crest

नेपाल सरकारको राष्ट्रिय लैङ्गिक समानता नीति २०७७ मा सबै क्षेत्रको नेतृत्वमा महिलाको समानुपातिक सहभागीताका लागी नीतिगत र कानूनी व्यवस्था गरिने उल्लेख छ ।  नेतृत्व तहमा महिला सहभागीता सुनिश्चित गर्नका लागी कानूनी व्यवस्था नभएको महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याइएको छ । बीमा कम्पनीको नियामक नेपाल बीमा प्राधिकरण र बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले जनशक्तिको तथ्यांक संकलन गर्दा नेतृत्व तहमा महिलाको सहभागीता सुनिश्चितता सम्बन्धमा प्रभावकारी अनुगमन गर्नुपर्ने महालेखा परीक्षकको सुझाव छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS