काठमाडौं । आज नयाँ वर्षको पहिलो कारोबार नै शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव ८० अंकले घटेर १,९३१ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने १४५ कम्पनकिो शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै आर्दश लघुवित्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावरका लगानकिर्ताले कमाएका छन् । यस कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कालिञ्चोक दर्शनका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । ताराँगाउँ रेजेन्सीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै एशियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ८३ प्रतिशतका दरले गुमाएका छन् । सगरमाथा जलविद्युतका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।