काठमाडौं । नयाँ वर्ष २०८० को पहिलो कारोबार दिनमै शेयर बजारमा गिरावट देखिएको छ । कारोबार सुरु हुने वित्तीकै सुधार भएको नेप्से केहि समय पनि टिक् सकेन । गत साताको बुधबार भएको सुधारको नाफा बुक गर्न लगानीकर्ता अगाडी बढे पछि शेयर बजार उल्टै घट्यो ।
आइतबार नेप्से सूचक २.८० अंकले घट्यो । नेप्से सूचक १९३१.३८ अंकमा झरेको छ । पहिलो दिनमै नेप्से सूचक तल झर्दा कारोबार रकम पनि ९७ करोड ४५ लाख रुपैयाँमा सिमित भएको छ । आज बाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमाको सूचकमा भने सुधार देखिएको छ । आज ७० वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा १३९ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ । आदर्श लघुवित्त, मैलुङ हाइड्रोपावर र कालिञ्चोक दर्शनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बैंक वित्तीय संस्थाले निक्षेपको व्याजदर घटाउदा पनि लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । आर्थिक अवस्था अझै केहि समय संकटमय अवस्थामा रहने भन्ने चर्चा सँगै लगानीकर्ताहरु शेयर खरिद गर्न हच्किएका छन् । दोस्रो बजारमा सूचीकृत कम्पनीको वित्तीय विवरण सार्वजनिक हुनेछ ।