काठममाडौं । समृद्धि फाइनान्सले पुर्व सञ्चालक गुप्त बहादुर राना र दिपक अधिकारीलाई विदाई गरेको छ । केहि समय अगाडी निज सञ्चालकहरुले राजिनामा दिएका थिए । संस्थाले शाखा कार्यालय पुतलिसडक काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रमका विच विदाई गरिएको हो ।
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले संस्थालाई दिशानिर्देशन गर्ने काममा पु-याएको योगदनको लागि धन्यवाद दिदै विदाई गरे । उक्त कार्यक्रममा उच्च व्यवस्थापन र सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।