IME Life
Beema Board

नेप्सेमा २९ अंकको गिरावट हुँदा १८६ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिजो ९२ अंकले बढेको शेयर बजार आज फेरी घटेको छ । बैंकर्स संघको ब्याजदर घटाउने निर्णयले हिजो भारी अंकले बृद्धि भएको बजार आज २९ दशमलव ०७ अंकले घटेर १,९३४ दशमलव ४७ को विन्दुमा कायम भएको छ । आज २८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १८६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २७० कम्पनीको ४९ लाख १० हजार २६० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६५ करोड १६ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ८ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आर्दश लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीक ालगानीकर्ताले कमाएका छन् । यी तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । खप्तड लघुवित्तका लगानकिर्ताले ७ दशलमव ९५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ५ दशमलव ५० प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS