Connect IPS
IME Life

अभिकर्ताको लाइसेन्स नविकरण गर्ने आज अन्तिम मौका, यस्तो छ पछिल्लो तथ्याङक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अभिकर्ताको लाइसेन्स नविकरण गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार हिजो  बेलुका सम्ममा कुल १७ वटा जीवन बीमा कम्पनीबाट ९७ हजार ८६८ अभिकर्ताहरुले लाइसेन्स नविकरण गरेका छन् । नेपाल बीमा प्राधिकरणले अहिलेसम्म न्युनतम विवरण अध्यावधिक नगराएका अभिकर्ताहरुलाई समेत विवरण अध्यावधिक गराएर नविकरणका लागि आह्वान गरेको छ ।

त्यस्तै सर्भेयरको हकमा नियम अनुसार शुल्क भुक्तानी गर्न अनुरोध गरेको छ । तत्काललाई नियम अनुसार शुल्क भुक्तानी गरेर नविकरण गर्ने र बाँकी केहि विषयमा समस्या देखिएमा पछि समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

Prabhu
Crest

हालसम्म सबैभन्दा धेरै एलआइसी नेपालले ५९ प्रतिशत अर्थात ३ हजार ५७० अभिकर्ताको नविकरण गराएका छन् । साथै नेशनल लाइफका ५६ दशमलव ५१ प्रतिशत अर्थात ५ हजार ४०० अभिकर्ताले नविकरण गरेका छन् । आइएमई लाइफका ५५ दशमलब १३ प्रतिशत अर्थात ७ हजार ७६२ अभिकर्ताले नविकरण गरेका छन् । सिटिजन लाइफले ५४ दशमलव ४१ प्रतिशत अर्थात ११ हजार ७५९ जना अभिकर्ताको नविकरण गरिसकेको छ भने कम्पनीमा कुल २१ हजार ६१० जना अभिकर्ता सक्रिय छन् ।

यसैगरी, युनियन लाइफको ४९.४१ प्रतिशत, सूर्यज्योति लाइफको ४८.८२ प्रतिशत, रिलायबल लाइफको ४८.०७ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ४४.१८ प्रतिशत अभिकर्ताले नविकरण गरेका छन् । सबैभन्दा थोरै भने मेट लाइफको ३१.१० प्रतिशत अभिकर्ताले मात्रै नविकरण गरेका छन् ।

निर्जिवन बीमा कम्पनी तर्फ भने सबैभन्दा धेरै प्रुडेन्सीयल इन्स्योरेन्सले ६४ प्रतिशत अभिकर्ताको नविकरण गराएको छ भने सबैभन्दा थोरै युनाइटेड इन्स्योरेन्सले ७.८४ प्रतिशत मात्रै नविकरण गराएको छ ।

कार्तिक महिनासम्ममा १७ वटा बीमा कम्पनीमा कुल २ लाख १८ हजार ४३१ जना अभिकर्ताहरु कार्यरत छन् । भोलि अन्तिम दिन बाँकी अभिकर्ताहरुले नविकरण गरिसक्नुपर्ने छ । २४ घण्टाभित्र नविकरण नगरेको खण्डमा प्राधिकरणले तोके बमोजिम हर्जना तिरेर मात्रै नविकरण गर्नुपर्ने छ । प्राधिकरणले जारी गरेको बीमा ऐन २०७९ अनुसार यहि चैत मसान्तभित्र अभिकर्ता लाइसेन्स नविकरण गरिसक्नुपर्ने छ । नविकरण भने यहि चैत ५ गतेबाट सुरु भएको थियो ।

यसरी गर्न सकिन्छ नविकरण

नविकरणका लागि नेपाल बीमा प्राधिकरणको वेवसाइट खोल्नु पर्नेछ । जसमा ‘इ-सर्भिस’ आइकनमा क्लिक गरेर ‘अनलाइन पेमेन्ट सर्भेयर/एजेन्स’ आइकनमा क्लिक गर्नु पर्नेछ । बीमा अभिकर्ताको नविकरणको लागि अभिकर्ता ईजाजतपत्र डुब्लीकेशन (एक भन्दा बढि बीमकमा आबद्ध) भए/नभएको विवरण हेर्न दिइएको लिन्कमा गई तोकिए बमोजिमको विवरण भर्नु पर्छ ।

जसमा सबैभन्दा पहिला बीमकको प्रकार अन्तर्गत जीवन र निर्जीवन कुन हो छुट्याउनु पर्छ । त्यस्तै लाइसेन्सको प्रकारमा व्यक्तिगत या संस्थागत कुन हो चयन गर्नु पर्नेछ । यस सँगै प्यान नम्बर भर्नु पर्नेछ । यि तीन वटा विवरण भर्ने वित्तीकै तपाईले कुन कुन बीमा कम्पनीबाट अभिकर्ता लाइसेन्स लिनु भएको छ त्यो सबै देखिनेछ ।

आफुले यस अगाडी अभिकर्ताको लाइसेन्स लिएको मध्ये कुनै एउटा कम्पनी मात्रै छनोट गर्न पाइनेछ । तर एउटा मात्रै कम्पनीको अभिकर्ता भएमा सिधै नविकरण गर्न सकिन्छ । दुई वा सो भन्दा बढि कम्पनी मध्येबाट एक कम्पनी चयन गर्दा स्वघोषणा गर्न मिल्ने बनाइएको छ । स्वघोषणामा, बीमा ऐन २०७९ को दफा ९१(७) को व्यवस्था बमोजिम मैले माथि उल्लेख गरे बमोजिमको बीमक छानेको स्वघोषणा गर्दछु ।

यो सबै पढेर ‘प्रोसिड’मा क्लिक गर्ने वित्तीकै तपाई, के तपाई यो कम्पनीलाई निरन्तरता लिन चाहनु हुन्छ भन्दै’ प्रश्न गरिन्छ । जसमा एस वा क्यान्सिल बटम क्लिक गर्नु पर्ने हुन्छ । क्यान्सिलमा क्लिक गर्नु भयो भने प्रकृयाँ यहि बन्द हुन्छ र ‘यस’ भन्नु भयो भने प्रकृयाँ अगाडी बढ्छ ।

तपाईले आफ्नो मोबाइलमा ओटिपि ‘वन टाइम पासवर्ड’ पाउनु हुनेछ । मोबाइलमा प्राप्त भएको ओटीपी पासवर्डलाई हाल्ने वित्तीकै उक्त कम्पनी छनोट गरिएको आधिकारिता प्रमाणत भएको मानिन्छ । यस्तो पासपोर्ट सम्बन्धित अभिकर्ताले दिनमा दुई पटक मात्रै प्राप्त गर्नेछन् । यसरी एक पटक पासपोर्ट प्राप्त भएको १० मिनेटसम्म अर्को पासपोर्टको लागि आग्रह गर्न पाइने छैन ।

यदि एउटा मात्रै बीमा कम्पनीमा अभिकर्ता लाइसेन्स छ भने यस्तो प्रकृयाँ पुरा गर्नु पर्ने छैन । यसरी कम्पनी छनोट भए पछि अभिकर्ताले आफ्नो लाइसेन्स नम्बर र आफ्नो लाइसेन्स नम्बर जारी गरिएको मिति टिप्नु पर्नेछ । लाइसेन्स जारी गरिएको मिति अंग्रेजी मिति टिप्नु पर्छ ।

यसरी कम्पनी छनोट भइसके पछि अभिकर्ताले नविकल शुल्क भुक्तानीका लागि आफु सँग भएको भुक्तानी सेवा प्रदायक छनोट गर्नु पर्नेछ । अभिकर्ता नविकरण शुल्क भुक्तानीका लागि नेपाल बीमा प्राधिकरणले कनेक्ट आइपिएस, इसेवा, प्रभु पे, सेल पे, आइएमई पे र खल्ती रहेका छन् । यिनिहरु मध्ये कुनै एक छनोट गर्नु पर्छ ।

नविकरण शुल्क २०० रुपैयाँ भुक्तानी गरिएको विवरण सुरक्षित राख्नु पर्नेछ । अभिकर्ता इजाजतपत्र नवीकरणको लागि प्राप्त भएको निवेदन बीमकको IRMIS system  मार्फत प्राधिकरणमा सिफारिस भई आए पछि प्राधिकरणबाट Approve भए पछि नविकरण कार्य पुरा हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS