Connect IPS
IME Life

बैंक व्याजदर घट्दा शेयर बजारमा उछाल, एकै दिन ९० अंकले बढ्दा लगानीकर्ताले पाए राहात

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकर्स संघले व्याजदर घटाउने निर्णय गरे सँगै शेयर बजारम उछाल आएको छ । बुधबार बैंकर्स संघले निक्षेपको व्याजदर ९.९९ प्रतिशतमा झार्ने निर्णय गरे सँगै लगानीकर्ता उत्साहित भएका हुन् । बैंकहरुले बजार बढ्ने मुखैमा निक्षेपको व्याजदर घटाएर लगानीकर्ताको मनोबल बढाएका छन् ।

हिजोसम्म लगानीकर्ताको मनोबल कमजोर थियो । नेपाल सरकारको प्रयासमा नेपाल राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले व्याजदर घटाउने निर्णय लिएका हुन् । समग्र अर्थतन्त्रमै सुस्तता आए पछि अर्थमन्त्रालयको चर्को आलोचना हुँदै आएको छ । यस अवधिमा व्यवसायीहरुले पनि व्याजदर चर्को भएको भन्दै व्यवसायिक वातावरण नभएको भन्दै विरोध गर्दै आएका थिए ।

Prabhu
Crest

हिजै राष्ट्र बैंकले पत्रकार सम्मेलन गरेर बैंक तथा वित्तीय संस्थाको अवस्था राम्रो रहेको जनाएको थियो । यसरी राष्ट्र बैंकले बैंकहरुलाई भोलिका दिनमा स्थिति भयावह हुनु भन्दा अहिले नै व्याजदर घटाएर जान सुझाव दिएको थियो । निक्षेपको व्याजदर उच्च हुँदा बैंकहरुको व्याज खर्च पनि अत्याधिक थियो । एकातिर कर्जाको व्याज असुल नहुने अर्को तर्फ निक्षेपको व्याजदर पनि धेरै तिर्नु पर्ने भए पछि बैंकहरु पनि व्याजदर घटाउन राजी भएका हुन् ।

अहिलेको जटिल आर्थिक परिस्थितिमा बैंकहरुलाई पनि व्याजदर बढाउनु भन्दा घटाउनुमै बढि लाभदायक छ । व्याजदर घटाउने वित्तीकै लगानीकर्ताको मनोबल उच्च हुने र आर्थिक गतिविधि थप चलायमान हुने अर्थविदहरुको भनाइ छ ।

यहि क्रममा आज शेयर बजारमा ९२.२२ अंकले सुधार भएको छ । आज बजार सुरुभए देखिनै बढ्न थालेको थियो बजारमा लगातार सुधार हुने क्रममा सम्पुर्ण कम्पनीको मूल्य बढेको छ । नेप्से सूचक ४.९३ प्रतिशतले बढेर १९६३.५५ अंकमा रोकिएको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार आउदा बैंक वित्तीय संस्थामा धेरै सर्वाधिक बृद्धि भएको छ । आज १० वटा कम्पनीको शेयर मूल्यमा सर्वाधिक सुधार हुँदा सकारात्मक सर्किट लागेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य घटेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS