SKIP THIS

MLBL
IME Life
Beema Board

लाभांश पारित सहित हिमालयन एभरेष्टको साधारण सभा सम्पन्न, ५ संचालक निर्वाचित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बानेश्वर ब्याक्वेट थापागाउँ काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको २ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव १४ प्रतिशत नगद लाभांश पारितगरेको छ ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आर्थिक वर्षको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

साथै सभामा बोनश शेयर जारी गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखि नजिकको पुरा अंक कायम गर्ने प्रस्ताव पारित गरेको छ । साथै बोनश शेयर जारी गर्दा तथा जारी तथा चुक्तापुाजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले चालु आर्थिक वर्ष २०७०/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभा मार्फत सर्वसाधारण शेयरधनीको प्रतिनिधिबाट बाट प्रतिनिधित्व गर्ने अजय रत्न स्थापित र हेम राज थापा संचालकमा निर्वाचित भएका छन् भने संस्थापक शेयरधनीको तर्फबाट महेन्द्र कृष्ण श्रेष्ठ, विजित कृष्ण श्रेष्ठ र भारती पाण्डे निर्वाचित भएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

20%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS