Connect IPS
IME Life

जीवन बीमक संघ र जापानको बीमक संघले संयुक्त रुपमा सेमिनार आयोजना गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमक संघ नेपालले जापानको जीवन बीमक संघ सँग मिलेर आगामी बैशाख १२ गते काठमाडौंमा ‘जापान नेपाल टप लेभल म्यानेजमेन्ट सेमिनार’ आयोजना गर्ने भएको छ । जीवन बीमक संघले फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइ एण्ड इन्स्योरेन्स अराउण्ड दि वर्ल्ड ‘फालिफा’ सँग मिलेर पहिलोपटक यस्तो सेमिनार आयोजना गर्न थालेको हो ।

जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलको पहलमा पहिलो पटक यस्तो कार्यक्रम हुन थालेको हो । उनले जापानमा जादा फालिफाका प्रतिनिधिहरु सँग भेटघाट गरेका थिए । सोहि भेटघाटमा उनले नेपालमा पनि एउटा सेमिनार आयोजना गर्ने प्रस्ताव गरेका हुन् । फालिफा र जीवन बीमक संघले आगामी दिनमा पनि एक आपसमा सहकार्य गर्दै थप कार्यक्रम गर्दै जाने सहमति समेत गरेका छन् ।

Prabhu
Crest

सेमिनार क्राउन इम्पेरियल रविभवनमा आयोजना हुनेछ । संघले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई प्रमुख कार्यकारी अधिकृत सहित तीन/तीन जना प्रतिनिधिहरुलाई सहभागी हुन आमन्त्रित गरेको छ । संघले बैशाख ७ गतेसम्म सहभागीको सूची बुझाउन सम्पुर्ण कम्पनीलाई पत्राचार समेत गरिसकेको छ ।

बैशाख १२ गते विहान ९ बजेदेखि कार्यक्रम सुरु हुने संघले जनाएको छ । सेमिनाको प्रारम्भमा जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेल र फालिफाका म्यानेजिङ डाइरेक्टरले संबोधन गर्नेछन् । पहिलो सेसन ७० मिनेटको रहनेछ । जसमा फालिफाको तर्फबाट ‘च्यालेन्जेज अफ लाइफ इन्स्योरेन्स इन्ड्रष्ट्री इन अ र्यापिड्ली चेन्जिङ विजनेस इन्भारमेन्ट’ को विषयमा प्रस्तुतिकरण रहेको छ । एक दिने सेमिनारमा तीन वटा सेसन सञ्चालन हुनेछन् । सेमिनारको अन्तिममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संबोधन गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS