SKIP THIS

MLBL
IME Life
Beema Board

विजय लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विजय लघुवित्त वित्तिय संस्थाको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा विजय विकास स्रोत केन्द्र, गैडाकोट, ८ मा सम्पन्न भएको हो। उक्त सभाले २० प्रतिशत बोनश शेयर र कर प्रयोजनकालागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको प्रतिवेदन,२०७९ असार मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरिएको छ ।

Prabhu
Crest

उक्त साधारण सभाले आर्थिक वर्ष २०७९/८० मा लेखा परिक्षण कार्य गर्नकालागि विदुर एसोसियट्सका सिए विदुर लुईटेललाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ ।

दसौँ वार्षिक साधारण सभाले विजय लघुवित्त र नयाँ सारथी लघुवित्त एक आपसमा गाभ्ने र गाभिने वा मर्जरमा जाने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन स्वीकृत गरेको छ । साथै दुई संस्था बीच शेयर आदान प्रदान अनुपात १ः१ को शेयर अनुपातलाई स्वीकृत गरेको छ।

साधारण सभाले विजय लघुवित्त र नयाँ सारथी लघुवित्त एक आपसमा गाभ्नेरगाभिने (मर्जर गर्ने) कार्य भएपछि हुने संस्थाको ठेगाना, अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना लगायत थप परिवर्तन हुने विषयमा प्रबन्धपत्र र नियमावलीमाको आवश्यक दफा, उपदफा तथा नियमहरू संशोधनको लागि समेत स्वीकृति प्रदान गरेको छ ।

उक्त सभाले लघुवित्तको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धि आवश्यक सहमति र समझौता गर्ने लगायत गाभ्ने,गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अक्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS