काठमाडौं । आरकेडी होल्डिङ्स कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको छैटौं वार्षिक साधारणसभाले उक्त आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
कम्पनीले स्थानीयवासी, कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र सर्वसाधारणलाई गरी १२ प्रतिशत शेयर प्रदान गर्ने गरी आइपिओ जारी गर्ने भएको छ । साथै, संस्थापक शेयरधनीहरुलाई भने १० प्रतिशत अग्राधिकार शेयर जारी गर्ने भएको हो ।
हाल कम्पनीको पूँजी २ अर्ब रहेको छ भने जारी पूँजी १ अर्ब ५० करोड रहेको छ । कम्पनीको संस्थापक शेयर पूँजी भने ७८ प्रतिशत रहेको छ । आरकेडी होल्डिङअन्तर्गत बन्दीपुर एन्ड टुरिज्म लिमिटेडले बन्दीपुरमा केबुलकार र पाँचतारे होटल, स्काई वाक, बन्जी, जिपलाइन लगायतका पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ ।