SKIP THIS

MLBL
IME Life
Beema Board

दोल्ती पावरको आईपीओमा पहिलो दिनमै साढे दुई लाखको आवेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा पहिलो दिनमै ठूलो संख्यामा आवेदन परेको छ । साँझ ५ः३० बजेसम्ममा आवेदन दिनेको संख्या २ लाख ५३ हजार ५५६ पुगेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तथ्याङ्कले देखाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १२ लाख ७१ हजार ८६१ कित्ता शेयर निष्काशन गरेको थियो । जसअन्तर्गत पहिलो दिनमै दुई गुणा बढी आवेदन परेको हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

Prabhu
Crest

जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS