काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव ३१ अंकले बढेर १,८७१ दशमलव ३३ को विन्दुमा कायम भएको छ । आज १९९ कम्पनीको शेयर मुल्य बढेको छ भने १८ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । सिर्जनशील लघुवित्तका लगानकिर्ताले ७ दशमलव ६८ प्रतिशतका दरले कमाएका छन् । यूनिक नेपाल लघुवित्तका लगानकिर्ताले ७ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।