काठमाडौं । शेयर बजार सिजनमा फर्कियो छ । लगानीकर्ताहरुले व्याज र किस्ताको दवावबाट रिलिफ पाउदा आज बजारमा राम्रै सुधार देखिएको छ । नेपाल राष्ट्र बैकले पत्रकार सम्मेल गर्दै बैंक वित्तीय संस्थाहरु सुरक्षित रहेको दाबी गरेको छ । नेपाल राष्ट्र बैंकदेखि लिएर अर्थमन्त्रालयले समेत बैंकको व्याजदर घट्ने घोषणा गरिरहेका छन् । यसले गर्दा पनि बजारमा सुधार देखिएको हो ।
सर्वोच्च अदालतले पनि नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स खुला गर्न मिल्ने बाटो खुला गरिदिएको छ । यसले गर्दा पनि आज लगानीकर्ता उत्साहित भएका हुन् । मंगलबार नेप्से सूचक २७.३१ प्रतिशतले बढेर १८७१.३३ अंकमा रोकिए छ । सूचकमा सुधार भए पनि कारोबार रकम ९४ करोड ५२ लाख रुपैयाँको भएको छ । आज सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार देखिएको छ ।
आज भने १६ वटा कम्पनीको मात्रै शेयर मूल्यमा गिरावट देखिएको छ भने २०१ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ । आज कालिञ्चोक दर्शन र आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सर्वाधिक सुधार देखिएको छ । शिवम सानिमा मिडिल तमोर प्रभु बैंक हिमालय डिष्ट्रलरीको शेयर कारोबार सर्वाधिक धेरै भएको छ ।