SKIP THIS

MLBL
IME Life
Beema Board

आजसम्म शेयर किन्नेले महुली लघुवित्तको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि भोलि चैत २९ गते विहीवार एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । त्यसकारण आजसम्म शेयर किन्नेले कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १० औं वार्षिक साधारणसभा २०८० बैशाख ९ गते शनिवार विहान ११ बजे महुली लघुवित्तको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने भएको हो । सभाले २०७९ असार मसान्तमा कायम रहेको कुल चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने रकम बराबरको ४ करोड २ लाख ९ हजार १४५ रुपैयाँ बोनश शेयर र ०.७५ प्रतिशतले हुन आउने २१ लाख १६ हजार २७० रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्ने तथा बोनश शेयरलाई जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरि प्रबन्धपत्र तथा नियामवलीमा संशोधन गर्ने विशेष प्रस्ताप स्वीकृत गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

साथै, आर्थिक वर्ष २०७८/०७९ असार मसान्तसम्मको वासलात, २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचि उपर छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व.२०७९/०८० को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS