IME Life
GBIME

अब देखि बालबालिकाकाे बीमामा प्रस्तावककाे मृत्यु भएलगत्तै बाँकी बीमाशुल्क पुरै मिनाहा हुने

SPIL
NIC ASIA new
NLIC

काठमाण्डाै‌ । बालबालिका सम्बन्धी बीमालेखकाे प्रावधानमा नेपाल बीमा प्राधिकरणले केही सुविधा थप गरेपछि अभिभावककाे मृत्यु पछि पैसाकाे अभावमा बीमाकाे लाभबाट वञ्चित हुनुपर्ने अवस्थाबाट बीमित बालबालिकाले राहत पाउने भएका छन् ।

प्राधिकरणले जीवन बीमालेख निर्देशिका २०७९ जारी गर्दै सबै जीवन बीमा कम्पनीहरूलाई बालबालिका सम्बन्धी प्रचलनमा रहेकाे सबै बीमालेखहरुमा नयाँ प्रावधान अनुसार बीमा अवधिभित्र जुनसुकै समयमा पनि अभिभावककाे मृत्यु भएमा बाँकी बीमाशुल्क मिनाहा गर्नुपर्ने प्रावधान लागू गरेकाे छ। याे प्रावधान अनुसार सबै जीवन बीमा कम्पनीहरुले प्रचलनमा रहेका बालबालिका सम्बन्धी बीमालेखमा  ६ महिनाभित्र स‌ंशाेधन गरिसक्न समेत प्राधिकरणले निर्देशन जारी गरेकाे छ ।

Crest

यसअघि जीवन बीमा कम्पनीहरुले अभिभावककाे मृत्यु पछि १६ वा १८ वर्षकाे उमेर नपुग्दासम्म बीमाशुल्क छुट सुविधा उपलब्ध गराउँदै आएका थिए । साथै मासिक खर्च रकमकाे सुविधा समेत सीमित अवधि वा किस्तासम्म मात्र दि‌ंदै आएका थिए । अव बीमा अवधिभर याे दुबै सुविधा दिनुपर्ने भएकाे छ।

नयाँ प्रावधानका कारण बीमाशुल्क तिर्न सक्ने क्षमता समेत नहुने परिवारका बालबालिका र सीमित आयश्राेत हुने अभिभावकलाई राहत मिल्ने भएकाे छ। बीमा अवधिभित्र जुनसुकै समयमा प्रस्तावककाे मृत्यु भएकाे अवस्थामा बाँकी बीमाशुल्क मिनाहा गर्नुपर्ने प्रावधानले बालबालिका सम्बन्धी बीमालेखले वास्तवमै आश्रित बालबालिकाकाे भविष्यप्रति न्याय गर्नेछ।

नयाँ प्रावधान अनुसार बीमा अवधिभित्र जाेखिम प्रारम्भ भएपछि बालबालिकाकाे मृत्यु भएमा बीमांक रकमकाे २५ प्रतिशत वा प्राप्त कूल बीमाशुल्क रकममध्ये जुन बढी हुन्छ साेही भुक्तानी गर्नुपर्नेछ। साथै यस्ताे भुक्तानी लगत्तै बीमालेख स्वतः अन्त्य हुनेछ।

यसैगरी निर्देशिकाकाे  दफा ५‍(४) सँग सम्बन्धित अनुसूची २ मा बालबालिकाकाे बीमालेख सम्बन्धी व्यवस्थाहरूमा बीमा अवधिभित्र जुनसुकै समयमा प्रस्तावककाे मृत्यु भएमा बाँकी अवधिकाे बीमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिनुपर्ने र मासिक आम्दानी सुविधा प्रदान गर्नुपर्नेछ। बीमा अवधिभित्र प्रस्तावक र बालबालिकाकाे एकैसाथ मृत्यु भएमा प्रस्तावककाे मृत्यु वापत बीमा‌ंक र आर्जित बाेनश तथा बालबालिकाकाे मृत्यु भएवापत बीमा‌ंककाे २५ प्रतिशत रकम भुक्तानी गर्नुपर्नेछ।

त्यसैगरी बीमा अवधिभित्रै प्रस्तावककाे मृत्यु पछि बालबालिकाकाे समेत मृत्यु भएकाे अवस्थामा बीमांककाे २५ प्रतिशत वा भुक्तानी गरेकाे बीमाशुल्क मध्ये जुन रकम बढी हुन्छ साेही रकम भुक्तानी गर्नुपर्ने प्रावधान समेत समावेश गरिएकाे छ।

 

जीवन बीमा कम्पनीहरुले बालबालिका सम्बन्धी जीवन बीमालेखकाे प्रावधानमा पुनः स‌ंशाेधन गर्नुपर्ने भएकाे छ । स‌ंशाेधन गर्दा प्राविधिक तालिका,बीमाशुल्क दर संशाेधन लगायतकाे कामकाे लागी जीवन बीमा कम्पनीले पुनः एक्चुअरीसँग विशेषज्ञ सेवा लिनुपर्नेछ। यस्ताे सेवा लिंदा नयाँ बीमालेख तयार पार्दाकाे अवस्थामा भुक्तानी गरे बराबर रकम जीवन बीमकले बीमांकीलाई भुक्तानी गर्नुपर्ने हुनसक्छ।

नयाँ प्रावधान अनुसार बीमालेख अन्तर्गत जाेखिम बहनकाे अवधि थप भएकाे र भुक्तानीकाे शर्त समेत स‌ंशाेधन गरिएकाले तुलनात्मकरूपमा बीमाशुल्क महँगाे हुनेछ। बीमित बालबालिका वा तिनकाे परिवारजनले प्राप्त गर्ने लाभकाे तुलनामा नयाँ बीमाशुल्क औचित्यपूर्ण हुन जरुरी छ।

२०७८ साल असारमा जीवन बीमालेख निर्देशिका २०७८ जारी गर्दै बालबालिकाकाे बीमालेखमा समावेश गर्नुपर्ने जाेखिम बहन तथा भुक्तानी दिने अवस्था सम्बन्धमा पहिलाे पटक निर्देशन जारी गरेकाे थियाे ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

8%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS