काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि संस्थापक समुहका शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएकाले संस्थाले शेयर बिक्री गर्न लागेको हो ।
संस्थाका शेयरधनीहरु दुर्गा बोहराको ८८ हजार ७१ कित्ता, राम कृष्ण न्यौपानेको ५२ हजार १५२ कित्ता, ज्ञानेश्वर वाडे श्रेष्ठको ७ हजार ३७०, करुणा थापाको २ हजार कित्ता, चन्द्र कुमार श्रेष्ठको १ हजार कित्ता, मन बहादुर राईको १ हजार कित्ता र सुुभदा त्रिपाठीको ४ हजार गरी कुल १ लाख ५५ हजार ५९३ कित्ता शेयर बिक्री गर्ने जनाएको छ ।
उक्त शेयर खरिद गर्न ईच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।