IME Life
Beema Board

दिपक भट्ट समुहका गार्डियन र नेपाल माइक्रोले पाए लाइसेन्स, छिट्टै व्यवसाय शुभारम्भ गर्ने तयारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनी र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स पाएका छन् । नेपाल बीमा प्राधिकरणको हिजो आइतबार बसेको सञ्चालक समितिले पूँजी जुटाएर आवश्यक प्रकृयाँ पुरा गरेका दुबै बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

गार्डियन माइक्रोको केन्द्रिय कार्यालय विराटनगरमा रहेको छ भने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय चितवनको भरतपुरमा रहेको छ । गार्डियनले लघु जीवन बीमा व्यवसाय गर्नेछ भने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले लघु निर्जीवन बीमा व्यवसाय गर्नेछ ।

Prabhu
Crest

यी दुबै कम्पनीका मुख्य लगानीकर्ता दिपक भट्ट र शंकर ग्रुपका साहिल र सुलभ अग्रवालहरु रहेका छन । गार्डियन माइक्रो लाइफको अध्यक्ष विज्ञानराज शर्मा छन् भने नेपाल माइक्रोको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा छिन् । गार्डियनले चिरायु भण्डारीलाई सिईओ प्रस्ताव गरेको छ । भण्डारी नेपाल पुनर्बीमा कम्पनीका पुर्व प्रमुख कार्यकारी अधिकृत हुन् । उनि नेपाल पुनर्बीमाको कार्यकाल पुरा गरेर प्राइम लाइफमा प्रवेश गरेका थिए । प्राइम लाइफले सिइओ बनाउने भनेर भित्र्याए पनि सिइओ बनाएन । यस सँगै अव उनि गार्डियनको प्रमुख कार्यकारी बन्ने छन् ।

प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रकृया अव बल्ल सुरु हुनेछ । लाइसेन्स पाए सँगै दुबै बीमा कम्पनीले प्राधिकरणबाट लघु बीमा व्यवसाय शुभारम्भको स्वीकृति लिनु पर्नेछ । दुबैले आन्तरिक तयारी पुरा गरिरहेका छन् । अवको केहि समय भित्रै  कारोबार शुभारम्भ गर्ने तयारी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले २०७९ भदौ १० गते माइक्रोइन्स्योरेन्स कम्पनीका लागि आवेदन खुला गरेको थियो । उक्त अवधिमा आवेदन दिने मध्येबाट गएको मंसिर ११ गते ७ वटा कम्पनीलाई छनोट गरि आवस्यक प्रकृयाँ अगाडी बढाउन अनुमती दिएको थियो । प्राधिकरणले फागुन अन्तिममा ७ वटै कम्पनीहरुलाई संस्थापक समुह तर्फको पूँजी जुटाउन निर्देशन दिइएको थियो । तर अझै पनि केहि कम्पनीहरुले पूँजी जुटाउन नसकेर अझै ४५ दिनको समय माग गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

0%

दु :खी

14%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS