Connect IPS
IME Life

वैदेशिक राेजगारमा रहेका श्रमिक ठगिने क्रम राेकिएन, सरकारी कर्मचारी नै ठग भेटिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । वैदेशिक राेजगारकाे क्रममा ज्यान गुमाएका नेपाली यूवाका परिवारले वैदेशिक राेजगार बाेर्डबाट पाउने क्षतिपूर्ती दाबी प्रकृया झण्झटिलाे हुँदा पीडित परिवारज झनै प्रताडित हुनु परेकाे छ। वैदेशिक राेजगारीमा ज्यान गुमाएका नेपाली कामदारकाे आश्रित परिवारजनले वैदेशिक राेजगार बाेर्ड नै नधाएर सहजै आफ्नाे बै‌ंक खातामा क्षतिपूर्तीवापतकाे रकम भुक्तानी पाउने व्यवस्था नहुँदा पीडित परिवारहरू कथित दलालबाट ठगिनुपर्ने अवस्था आएकाे हाे।

सरकारले स्थानीय तहबाटै बाेर्डमा आवेदन दिन सकिने सुविधाकाे घाेषणा गरेपनि व्यवहारमा अनुभूती गर्न पाएका छैनन् । बाेर्ड अन्तर्गतकाे श्रमिक कल्याणकारी काेषबाट पाउनुपर्ने दाबी रकम भुक्तानीका लागी आवेदन दिन र रकम भुक्तानी लिनका लागी बाेर्डकाे कार्यालयमै धाउनुपर्ने बाध्यात्मक अवस्था छ।

Prabhu
Crest

मधेश प्रदेशकाे सर्लाही, महाेत्तरी, राैतहट, सिराहा लगायतका जिल्लाकाे विपन्न तथा कमजाेर चेतना भएका पीडित परिवारलाई छानी छानी ठग गिराेहले क्षतिपूर्ती दिलाउन पहल गरिदिएवापत पचास प्रतिशत रकम कुम्ल्याएकाे घटना हालै मात्र सार्वजनिक भएकाे छ। नेपाल प्रहरीले वैदेशिक राेजगार बाेर्डका नायब सुब्बा पशुपति अधिकारी र जीवन बीमा कम्पनीकाे कर्मचारी उमेश बुढाथाेकी सहित ८ जनालाई पक्राउ गरेपछि याे तथ्य खुलेकाे हाे । अधिकारी र बुढाथाेकीले मृतक श्रमिककाे नागरिकता, नाता प्रमाण, निवेदन लगायतकाे कागजपत्र जुटाई दिएर ठगीमा संलग्न गिराेहलाई सहयाेग गर्दै आएकाे प्रहरीले प्रारम्भिक अनुसन्धानकाे क्रममा फेला पारेकाे छ।

वैदेशिक राेजगार बाेर्ड अन्तर्गतकाे श्रमिक कल्याण काेषबाट मृतक कामदारकाे परिवारले पाएकाे १४ लाखमध्ये आधा पैसा या ठग समूले हात पारेकाे जानकारी प्रहरीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्नुले राेजगारीमा जानु अघि देखि शुरु हुने ठगीकाे श्रृंखलाले कामदारकाे परिवारलाई अकालमै ज्यान गुमाए पछि पनि छाेड्दैन भन्ने तथ्यलाई उदा‌ंगाे पारेकाे छ।

मधेश प्रदेशकाे सरकारले श्रमिक वा तिनकाे परिवारले सहजै क्षतिपूर्ती पाउन सक्ने वातावरण बनाउनका लागी पहल गर्नु जरुरी देखिएकाे छ। प्रदेश सरकारले स‌ंघीय सरकार समक्ष पहल गरेर स्थानीय तहमै वा प्रदेश राजधानी जनकपुरमा कुनै कार्यालय ताेकेर वैदेशिक राेजगारीमा अंगभंग भएका, बिरामी भएका वा ज्यान गुमाएका श्रमिक वा तिनकाे परिवारजनले क्षतिपूर्ती पाउने व्यवस्था गर्न सकेकाे अवस्थामा पीडित परिवार ठगीनु पर्ने अवस्था आउँदैन थियाे । यातायात, समय, खर्चपर्च, भाषालगायतका कारणले स्थानीयलाई आफ्नै प्रदेशमा सरकारी कामकाजका लागी  जतिकाे सहज स‌ंघीय राजधानी काठमाण्डाैंमा हुँदैन ।

वैदेशिक राेजगार बीमा अन्तर्गत दाबी भुक्तानी लिन आउँदा पीडित परिवारजनले जीवन बीमा गरेकाे अवस्थामा मात्र दाबी भुक्तानी रकम पाउने भन्ने गलत जानकारी दिएर जबरजस्ती बीमा गर्न बाध्य बनाउने गरेकाे घटना सम्बन्धमा नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका प्रमुख कार्यकारीहरुलाई सामूहिकरुपमा ध्यानाकर्षण सहित चेतावनी दिए पनि याे क्रम अझै पूर्णरूपमा नियन्त्रणमा आएकाे छैन। जीवन बीमा कम्पनीका कर्मचारीहरु जसरी पनि बीमालेख बिक्री गर्ने ध्याउन्नमा लाग्दा मानवीय स‌ंवेदना समेत हराएकाे भन्दै वैदेशिक राेजगार बाेर्डले लिखितरूपमै प्राधिकरणकाे ध्यानाकर्षण गराएपछि प्राधिकरणले जीवन बीमा कम्पनीका प्रमुख कार्यकारीलाई चेतावनी दिनुपरेकाे थियाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS