Connect IPS
IME Life

सिजनमै शेयर बजार घट्ने संकेत पछि साताको सुरुमै २८ अंकको गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार बढ्ने सिजनमै पहिरो गएको छ । बैशाख महिना शेयर बजारका लागि सिजन मानिन्छ । यसका लागि चैत अन्तिम साता जहिले पनि सुधार हुने गरेको छ । आजसम्म शेयर बिक्री गर्नेले तेस्रो त्रैमाशको व्याज र कित्ता जोहो गर्न पाउछन् । यसले गर्दा पनि आज ३० अंक भन्दा धेरैले घट्यो ।

आर्थिक मन्दीको प्रभाव ग्रास रुटमै देखिन थालिसकेको छ । निम्न आय भएका र तल्लो वर्गका मानिसहरु सबैभन्दा बढि प्रभावित छन् । यस पछि ठुलो ठुलो कर्जा लिएर व्यवसाय गरिरहेका व्यवसायी थप प्रभावित छन् । कुनै पनि क्षेत्र छैन जसको व्यवसायमा मन्दीको असर नपरेको । काठमाडौंका धेरै जसो व्यवसायिक सटरहरु खालि हुन थालेका छन् ।

Prabhu
Crest

कयौ मानिसहरु आफ्नै गाउँ फर्किने क्रम बढेको छ । मंहगी र कमजोर आम्दानीले निम्न वर्गका मानिसहरुलाई बाच्नै मुस्किल परिरहेको छ । यस्तो विषयलाई सरकारले संबोधन गर्ने कुनै पनि कार्यक्रम बनाउन सकेको छैन । यदि यहि अवस्था धेरै लामो समय लम्बियो भने स्थिति अझै धरासयी हुने विश्लेषण गरिएको छ ।

यहि अवस्थाले गर्दा यस पटको गिरावट अन्य वर्षको तुलनामा धेरै फरक रहेको छ । मानिसहरु सँग लिक्वीड पैसा नहुँदा बजारलाई उचाल्ने अवस्था छैन । बजारका खेलाडी नै शेयर बिक्री गर्ने आफ्ना अन्य गर्जो टारिरहेका छन् । चैत अन्तिममै बजार बढ्ने संकेत नपाए पछि सेलिङ प्रेसर थप बढेको छ । यदि चैत अन्तिम या बैशाख पहिलो साता बढ्ने संकेत देखियो भने तत्काल बिक्री नगर्ने सोचमा लगानीकर्ता थिए । तेस्रो त्रैमाशको हिसाव अन्य क्षेत्रबाट मिलान गर्ने र बैशाख लागे सँगै शेयर बिक्री गरेर आफ्नो समस्या टार्ने उनिहरुको सोच थियो । तर सोच अनुसार बजार अगाडी बढ्न सकेन ।

यहि कारणले आज मात्रै शेयर बजारमा २८.३१ अंकले गिरावट भएर १८३८.४८ अंकमा झरेको छ । कारोबार रकम पनि एक अर्ब १५ करोडमा सिमित भएको छ । २०१ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा जम्मा १५ वटाको शेयर मूल्यमा मात्रै सुधार देखिएको छ ।

सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट देखिन्छ । कालिञ्चोक दर्शनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नविल शिवम तथा हिमालयन डिष्ट्रिलरीको शेयर कारोबार सर्वाधिक धेरै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS