IME Life
Beema Board

माइक्रो इन्स्योरेन्सको सिइओमा हाइप्रोफाइलको आकांक्षा, चिरायु भण्डारीदेखि अगम मुखियासम्मको तयारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माइक्रोइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि बीमा क्षेत्रमा हाइप्रोफाइल बनाइसकेका साविक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु नै आकांक्षी देखिएका छन् । न्युनतम चुक्ता पूँजी जुटाएर लाइसेन्स लिने अन्तिम तयारीमा रहेका गार्डियन माइक्रोइन्स्योरेन्स कम्पनी, लिबर्टी माइक्रोइन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रोइन्स्योरेन्स कम्पनीले लगभग प्रमुख कार्यकारी अधिकृतको नाम फाइनल गरिसकेको बुझिएको छ । तीन वटै लघु जीवन बीमा कम्पनी हुन् ।

स्रोतका अनुसार गार्डियन माइक्रो इन्स्योरेन्समा चिरायु भण्डारी, लिबर्टी माइक्रो इन्स्योरेन्समा अगम मुखिया र क्रेस्ट माइक्रो इन्स्योरेन्समा प्रताव श्रेष्ठले काम गर्ने प्रतिवद्धता जनाएका छन् । गार्डियनका आकांक्षी चिरायु भण्डारी नेपाल पुनर्बीमा कम्पनीका पुर्व प्रमुख कार्यकारी अधिकृत हुन् । उनि नेपाल पुनर्बीमाको कार्यकाल पुरा गरेर प्राइम लाइफमा प्रवेश गरेका थिए । प्राइम लाइफले सिइओ बनाउने भनेर भित्र्याए पनि सिइओ बनाएन । यस सँगै अव उनि गार्डियनको प्रमुख कार्यकारी बन्ने पक्का भएको छ ।

Prabhu
Crest

मर्जरका कारण साविक सानिमा लाइफबाट बाहिरिएका अगम मुखियाले अन्तत लिबर्टी माइक्रो इन्स्योरेन्सबाट आफुलाई निरन्तरता दिने भएका हुन् । मुखियाले नेपाल लाइफमा १० वर्ष, रिलायबल नेपालमा नायव प्रमुख कार्यकारी अधिकृत र सानिमा लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् । मुखिया बीमा क्षेत्रबाटै बाहिरिने चर्चा चलेको थियो । तर बीमा क्षेत्रमै लामो अनुभव हासिल गरेका उनले लिबर्टी रोजेका छन् । हाल नेशनल लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत प्रतापमान श्रेष्ठले भने क्रेष्ट माइक्रोइन्स्योरेन्स कम्पनीको कमाण्ड सम्हाल्ने भएका छन् ।

नेपाल बीमा प्राधिकरणले २०७९ भदौ १० गते माइक्रोइन्स्योरेन्स कम्पनीका लागि आवेदन खुला गरेको थियो । उक्त अवधिमा आवेदन दिने मध्येबाट गएको मंसिर ११ गते ७ वटा कम्पनीलाई छनोट गरि आवस्यक प्रकृयाँ अगाडी बढाउन अनुमती दिएको थियो । प्राधिकरणले फागुन अन्तिममा ७ वटै कम्पनीहरुलाई संस्थापक समुह तर्फको पूँजी जुटाउन निर्देशन दिइएको थियो । तर अझै पनि केहि कम्पनीहरुले पूँजी जुटाउन नसकेर अझै ४५ दिनको समय माग गरेका छन् ।

यस अवधिमा पूँजी जुटाइसकेका कम्पनीहरुले भने आवस्यक आन्तरिक तयारी सुरु गरेका छन् । तीन वटै कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्नेदेखि लिएर कार्यालयको निर्माण गरिरहेका छन् । केन्द्रिय कार्यालयका लागि लगभग कर्मचारी पनि छनोट गरिसकेको बुझिएको छ ।

मर्जरका कारण अवकास पाएका प्रमुख कार्यकारी अधिकृतहरुले आफुलाई माइक्रोइन्स्योरेन्स कम्पनीमा सेफल्याण्डिङ गर्ने अवसर प्राप्त गरेका छन् । कतिपय कम्पनीहरुले बरिष्ठताका आधारमा दुई कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई निरन्तरता दिएका छन् भने कतिपय कम्पनीहरुले बाहिरबाट पनि प्रमुख कार्यकारी अधिकृत बनाएका छन् । यसले गर्दा साविक कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु जिम्मेवार विहिन हुन पुगेका हुन् । भण्डारी र मुखिया मर्जरकै कारणले बाहिरिनु परेको थियो । सानिमा रिलायन्स लाइफले मुखियालाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बस्न सुझाए पनि उनि बाहरिएका थिए । त्यस्तै मर्जरको प्रकृयाँमा रहेको प्राइम लाइफले पनि मर्जर पछि भण्डारीलाई प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिन नचाहेको संकेत पाए पछि बाहिरिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

36%

खुसी

0%

दु :खी

7%

अचम्मित

7%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS