काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विभिन्न पदका लागि कर्मचारकिो माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न लागेको जनाएको छ ।
संस्थानले सहायक व्यवस्थापकमा २ जना, र सहायकमा दुईजना कर्मचारी माग गरेको हो । उक्त पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, बीमा र कानून मध्ये कुनै एक विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले सोही सुचनामा मार्फत जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र रीतपूर्वक दरखास्त फाराम भरी संस्थानको प्रधान कार्यालय, जनशक्ति व्यवस्थापन विभागमा बुझाउन आग्रह गरेको छ ।
लोक सेवा आयोगको चैत १६ गतेको सहमति अनुसार संस्थानको २०७९ असार मसान्तसम्मको मुख्य व्यवस्थापक, व्यवस्थापक र सहायक व्यवस्थापक, सह व्यवस्थापक, नायव व्यवस्थापक, सहायक व्यवस्थापक र सहायक क को कर्मचारी नियमावली बमोजिम कार्यसम्पादन मुल्याङकन बढुवा गर्ने व्यवस्था अनुसार योग्यता पुगेका संस्थानमा कार्यरत कर्मचारीले सुचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदन दिन यही सुचना मार्फत आग्रह गरेको छ ।