Connect IPS
IME Life

सिटिजन लाइफले शुरु गर्यो बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज चैत्र २४ गतेदेखि २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । पुरै देश आर्थीक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपुर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ ।

बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रम बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोज बहादुर खड्का र सुनिल पोखरेलले यस अभियानको उद्घाटन गरेका हुन् ।

Prabhu
Crest

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ । यस बीमा जागरण अभियानको मूल उद्देश्य आम मानिससम्म बीमाको पहुँच पु¥याउने साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना बिकास गर्दै, विभिन्न स्थानीय तहँमा व्यवसायिक अभिकर्ता निर्माण गर्नु हो । मानिसले जे चीज बढी कल्पना गर्दछ प्राय त्यही चीज प्राप्त गरिरहेको हुन्छ । त्यस्तै, यस चुनौतिपूर्ण समयमा चुनौती प्रती मात्र केन्द्रित नभएर सुनौलो दिन बनाउने उधेश्य लिएर त्यस प्रती बढी केन्द्रीत रहदा सुनौला दिन पनि अवश्य हासिल गर्न सकिन्छ ।

जीवनको अफ्ट्यारो समयमा सबैभन्दा धेरै काम लाग्ने चिज नै जीवन बीमा हो र संकटको समयमा यसबाट नै बढी मद्दत मिल्दछ । त्यसैले, बीमा विलासिता हैन अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउँने उधेश्यका साथ यस आर्र्थीक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडी बढाउन केन्दृत रहेको कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

25%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS