IME Life
Beema Board

बैशाख ६ गतेदेखि सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई विक्री हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स क्यापिटलले बैशाख ६ गतेबाट सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईहरु निष्काशन तथा विक्री गर्ने भएको छ । क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले प्रतिइकाई १० रुपैयाँ दरको १० करोड इकाईमध्ये बीज पूँजीवापत न्यूनतम १ करोड ५० लाख इकाई वा कुल विक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका लागि सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न लागिएको हो ।

Prabhu
Crest

यस इकाई छिटोमा वैशाख १० गते विक्रीमा रहनेछ भने ढिलोमा वैशाख २० गतेसम्म विक्रीमा रहनेछ । मागबमोजिम आवेदन प्राप्त भएमा छिटो अवधि वैशाख १० गतेभित्र मात्र उक्त इकाई विक्रीमा रहनेछ । लगानीकर्ताले यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म माग गर्न सक्ने छन् ।

यस योजना १० वर्ष अवधिको रहेको छ । योजनाको इकाई बाँडफाँड भएको मितिले १० वर्षमा परिपक्क हुनेछ । यस योजनाका लगानीकर्तालाई योजना परिपक्कपश्चात् योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।

योजना व्यवस्थापकसँगै इकाई विक्री प्रबन्धकको जिम्मेवारीसमेत सिटिजन्स क्यापिटल लिमिटेडले पूरा गर्नेछ । विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनको प्रयोग गरी आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS