Connect IPS
IME Life

साताको अन्तिम दिन ८.२८ अंकले घट्यो, ठुला लगानीकर्ताले पैसा जोहो गर्दा बढ्न सकेन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम दिन आज बीहिबार शेयर बजार ८.२८ अंकले घटेको छ । बुधबार बजार सुधार देखिए पनि आज भने निरन्तरता पाउन नसक्दा १८६६.७९ अंकमा रोकिएको छ । कारोबार रकम ९२ करोड ६ लाख रुपैयाँमा सिमित भएको छ ।

आगामी बैशाख महिनामा पनि बजार सुधार हुन नसक्ने विश्लेषण पछि लगानीकर्ता हच्किएका छन् । लगानीकर्ताले पैसाको स्रोत शेयर बजारलाई मात्रै बनाउदा बजार लगातार घटिरहेको छ । घरजग्गा लगायत अन्य क्षेत्रमा पुरै मन्दी छ । आर्थिक गतिविधि लगभग ठप्प छ । लगानीकर्ताले लिक्वीट सम्पत्तीको रुपमा र सजिलै बिक्री गर्न सकिने सम्पत्तीको रुपमा शेयर बजारलाई प्रयोग गर्दा बजार घटिरहेको छ ।

Prabhu
Crest

आज १६५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ भने ४८ वटा कम्पनीको शेयर मूल्यमा सुधार भएको छ । बैंकिङ, निर्जीवन र व्यापारको सूचक बाहेक अन्य सूचकमा गिरावट देखिएको छ । लगानीकर्ताले सस्तिएको बैंकको शेयर उठाउन खोज्दा केहि थोरैले मात्रै सुधार भएको छ ।

ठुला लगानीकर्ताको रोजाइमा पर्दै आएका शिवम, नेपाल पुनर्बीमा, नविल, हिमालयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार भएको छ । यिनै कम्पनीको शेयर बिक्री गरेर ठुला लगानीकर्ताले पैसा जोहो गरिरहेका छन् । आज पनि कालिन्चोक दर्शनको शेयर मूल्य सर्वाधिक सुधार हुने क्रममा सर्किट लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS