काठमाडौं । आज सातामो अन्तिम दिन नेप्से ८ दशमलव २८ अंकले घटेर १,८६६ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनकिो शेयर मुल्य बढेको छ भने १६५ कम्पनीको शेयर मुल्य घटेको छ । आज २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता शेयर किनबेच हुँदा ९२ करोड ६ लाख माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।