Connect IPS
IME Life

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेज बीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेज बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेज बीच कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिन थोमस एस. जे. ले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु क्यापिटल लिमिटेडले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधीक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ ।

Prabhu
Crest

उक्त कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप–प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख मह प्रसाद श्रेष्ठको उपस्थिती रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS