काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था नवलपुरले प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नवलपुरले आयोजना गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका ७२ वटा केन्द्रहरुका केन्द्र प्रमुख तथा सदस्यहरुले सहभागी जनाएका थिए ।
केन्द्रीय कार्यालयको तर्फबाट काठमाडौं क्षेत्रीय प्रमुख मनोज कुमार थापाको उपस्थिति रहेको थियो । कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विभिन्न भिडियो सामाग्री, प्रस्तुतिकरण तथा छलफल गरिएको थियो भने ग्राहक सदस्यहरुले वित्तीय संस्थाको सेवा सुविधाहरुको बारेमा जिज्ञासाहरु राखेका थिए ।