काठमाडौं । सिटिजन्स बैंक र एलिवेट लाउन्ज एण्ड क्लव प्रा.लिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकको सेवा तथा सुविधाका लागि बैंकले उक्त प्रा.लीसँग सम्झौता गरेको हो । छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एलिवेट लाउन्ज एण्ड क्लवमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिईएको बैंकले उल्लेख गरेको छ।
हालसम्म बैंकले १८२ वटा शाखा, १३९ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।