काठमाडौं । आज शेयर बजार १६ दशमलव ९१ अंकले घटेर १,८७१ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज ३१ कम्पनीको शेयर मुल्य बढेको छ भने १७८ कम्पनकिो शेयर मुल्य घटेको छ । आज दिनभरिमा २६० कम्पनीको २८ लाख १२ हजार ९९० कित्ता शेयर किनबेच हुँदा ९१ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २ अर्ब ९२ करोडमाथिको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।