Connect IPS
IME Life

मर्जरको प्रस्ताव पारित गर्न यूनियन लाइफले डाक्यो विशेष साधारण सभा, यस्ता छन् १२ एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले बैशाख ६ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको चैत १९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा टाइगर प्यालेस रिसोर्ट भैरहवामा गर्ने जनाएको छ ।

सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्नेरगाभिने प्रयोजनको लागि मुल्यांकनकर्ता सुबोध एण्ड एशोसिएट्स, चार्टड एकाउण्टेन्टसद्धारा तयार गरिएको यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चलरअचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन अन्य सम्बद्ध ब्यवस्था समेतका आधारमा निर्धारण गरिएको आधारमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीनै कम्पनीको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गरी गाभ्ने गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सझौतापत्र, सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि चल अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि नियुक्त हुनु भएका लेखापरीक्षकरमुल्यांकनकर्ताको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिकको अनुमोदन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

सभामा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि भएको संझौता बमोजिम सो को आवश्यक स्वीकृतीको लागि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणमा निवेदन गर्न र गाभ्ने/गाभिने कार्य संग सम्बन्धित प्रचलित कानुन, निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्यहरु एवं प्रकृयाहरु पुरा गरी अन्तिम स्वीकृती लिने तथा सो सम्बन्धमा नियमनकारी निकायबाट निर्देशन भए बमोजिमका कागजात तथा विवरणहरु तयार गर्ने, सो उपलब्ध गर्ने गराउने, गाभ्ने गाभिने कार्य सम्बन्धमा गर्नु पर्ने सम्पूर्ण कार्यहरु गर्ने लगायतका आवश्यक कार्य गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात गठन हुने संचालक समितिमा यस कम्पनीको तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार संचालक समितिलाई दिने तथा गाभिए पश्चात बन्ने कम्पनीको संचालक समितिमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट चयन भई आउनु हुने संचालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव अनुमोदन गर्ने जनाएको छ ।

सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साविक संचालक समितिका पदाधिकारीहरुको कार्यकाल जतिसुकै अवधि बाँकी रहेको भएता पनि गाभिने कार्य सम्पन्न भई साविक तिन वटै कम्पनीबाट प्रतिनिधित्व रहने गरी नयाँ संचालक समिति गठन भए पश्चात विद्यमान संचालकहरुको कार्यकाल स्वतः समाप्त भएको मानिने साथै नयाँ संचालक समितिको कार्यकाल समेत गाभिए पछि बन्ने संस्थाको प्रथम बार्षिकबिशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव पारित गर्नेछ ।

सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात कम्पनीको केन्द्रिय कार्यालय जिल्ला काठमाण्डौ काठमाडौं महानगरपालिका वडा नं १, काठमाण्डौमा रहने तथा सोहि बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात कम्पनीको नाम, अधिकृत पूंजी, जारी पूंजी तथा चुक्ता पूंजी बृद्धि हुने हुँदा सोहि मुताविक कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको दफाहरु संसोधन गरी अधिकृत पूंजी, जारी पूजी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व समेत फेरबदल हुने हुँदा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको दफाहरुमा संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गर्नु पर्ने उपरोक्त संसोधनहरुमा नियमनकारी निकायले कुनै फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव अनुमोदन गर्ने जनाएको छ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि चैत २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS