काठमाडौं । एनएलजी इन्स्योरेन्सले १७औं वार्षिक साधारण सभा आज चैत्र २० गते हुँदैछ । कम्पनकिो फागुन २५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको छ । उक्त सभा काठमाडौंको आम्रपाली ब्यान्क्वेटमा आयोजना गर्ने जनाउको छ ।
कम्पनीले १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८र०७९ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।
सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, कम्पनीको अधिकृत पूँजी १.५० अर्बबाट बृद्धि गरी ३ अर्ब पुयाउने, यस सभामा प्रस्तावित बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापुँजी बृद्धि भई १,४५,९२,७५,७९१ पुग्ने हुँदा सोही अनुसार जारी तथा चुक्तापुँजी प्रबन्धपत्रको दफा ५ (क) (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (क) (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने , सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियूक्ती अनुमोदन गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १३ गते बुक क्लोज गरेको थियो । त्यसकारण चैत्र १२ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।