IME Life
Beema Board

तीन लघु बीमा कम्पनीका संस्थापकले पूँजी जुटाउन सकेनन्, चार वटाले लाइसेन्स लिदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आर्थिक मन्दीको प्रभाव लघु बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन दिएका संस्थापक लगानीकर्ताहरुमा परेको छ । संस्थापकहरुले समयमा पैसा जुटाउन नसक्दा तीन लघु बीमा कम्पनीले थप ४५ दिनको म्याद माग गरेका छन् ।

लिवर्टी माइक्रोइन्स्योरेन्स कम्पनी, स्टार माइक्रोइन्स्योरेन्स कम्पनी र ट्रष्ट माइक्रोइन्स्योरन्स कम्पनीले तत्काल पूँजी जुटाउन नसकिएको जानकारी दिएका छन् । पूँजीको प्रतिवद्धता व्यक्त गरेका लगानीकर्ताले पैसा जुटाउन नसके पछि उनिहरुले प्राधिकरण समक्ष समय माग गरिएको जनाएका छन् ।

Prabhu
Crest

पूँजी जुटाउन नसकेका जीवन तर्फको लिवर्टी माइक्रोइन्स्योरेन्स कम्पनी र निर्जीवन तर्फको स्टार माइक्रोइन्स्योरन्स कम्पनीमा क्रस होल्डिङ रहेको छ । ऐन अनुसार उस्तै प्रकृतीका बीमा कम्पनीमा क्रस होल्डिङ राख्न पाइदैन । त्यसैले यस समुहका संस्थापकहरुले जीवन र निर्जीवन दुई तर्फ लगानी गरेर छुट्टा छुट्टै कम्पनी हुत्याएका छन् । राजनीतिक पहुँचका आधारमा लाइसेन्स प्राप्त गरे पनि उनिहरुलाई पूँजी जुटाउन भने सकस परेको छ । एउटै लगानीकर्ताले दुई कम्पनीमा लगानी गर्नु परे पछि यस्तो अवस्था आएको हो ।

लिवर्टी माइक्रोइन्स्योरेन्स कम्पनी

यो कम्पनीमा लक्ष्मी समुहको सर्वाधिक लगानी रहेको छ । ठुला लगानीकर्तामा संस्थागत लगानीकर्ता भएकाले पनि पूँजी जुटाउन धेरै गाह्रो परेको हो । जसमा रेमी क्याफिनले ९ करोड, रिफ्लेक्स क्याफिनको ८ करोड ७५ लाख, लाङ्टाङ इन्भेष्टमेन्टको ८ करोड ८५ लाख, पाल्दोर इन्भेष्टमेन्टको ८ करोड ७१ लाख, गाटी फिनक्रपको ६ करोड ६४ लाख, कविता लोहियाको ५ करोड, गोदावरी फिनक्रपको २ करोड ५० लाख, लक्ष्मी बैंकको ७४ लाख ५० हजार, रजनिस कर्नानीले ३५ लाख, हर्सिता अग्रवालले ३५ लाख, सुमिता पोखरेलले ३५ लाख, लक्ष्मी क्यापिटल मार्केटले २५ लाख, आदित्य अर्नभले २० लाख रुपैयाँको लगानी गर्ने प्रवन्धपत्रमा रहेको छ । तर उनिहरुले कबुल गरेको रकम दिन सकेका छैनन् । यसले लघु जीवन बीमा कम्पनीको लाइसेन्स पाएको हो । यसको केन्द्रिय कार्यालय पोखरामा रहनेछ ।

स्टार माइक्रोइन्स्योरेन्स

यस कम्पनीका संस्थापकले पनि कबुल गरिएको रकम जुटाउन सकेका छैनन् । प्रवन्धपत्र अनुसार घान्द्रुक इन्भेष्टमेन्टले ११ करोड २५ लाख, कल्यानी क्याफिनले ११ करोड २५ लाख, लोबुच्छे इन्भेष्टमेन्टले ११ करोड २५ लाख, उर्जा फिनक्रोपले ७ करोड, कविता लोइयाले ५ करोड, गोदावरी फिनक्रपले २ करोड ५० लाख, लक्ष्मी बैंकले ७४ लाख ५० हजार, रजनिस कर्नानीले ३५ लाख, सुमिता पोखरेलले ३५ लाख, हर्सिता अग्रवालले ३५ लाख, लक्ष्मी क्यापिटल २५ लाख ५० हजार, अदिती कर्णको २० लाख रुपैयाँ लगानी प्रतिवद्धता रहेको छ । यसमा ३२ जना संस्थापक लगानीकर्ता रहेका छन् । यसले निर्जीवन लघु बीमा कम्पनीको लाइसेन्स प्राप्त गरेको हो । यसको केन्द्रिय कार्यालय जनकपुरधाममा रहनेछ ।

ट्रष्ट माइक्रोइन्स्योरेन्स

यस कम्पनीका संस्थापकले पनि पूँजी जुटाउन सकेका छैनन् । प्रवन्धपत्र नियमावली अनुसार यसमा ५३ जनाको नाम रहेको छ । यसरी पूँजी कबोल गरेका ५३ जना मध्ये अधिकाम्सले पूँजी जुटाउन सकेका छैनन् । यसमा सफारी इन्भेष्टमेन्टको ९ करोड, रेजेन्सी फिन क्रपको ९ करोड, विप्रो फिनक्रपको ८ करोड २५ लाख, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७ करोड ५० लाख, भिजन लुम्बिनी २ करोड ५० लाख, आविष्कार होल्डिङ एण्ड इन्भेष्टमेन्ट एक करोड ७५ लाख, जगत बहादुर पोखरेल ९० लाख, थानेश्वर पौडेल ७५ लाख, नारायण प्रसाद खनाल ७० लाख, गोपाल प्रसाद दंगालले ६५ लाख रुपैयाँको लगानी कबोल गरेका छन् । यसले निर्जीवन लघु बीमा कम्पनीको लाइसेन्स प्राप्त गरेको हो । यसको केन्द्रिय कार्यालय लुम्बिनीमा रहनेछ ।

यसरी तीन कम्पनीले पूँजी जुटाउन नसक्दा दुई माइक्रोइन्स्योरेन्स कम्पनीहरुले भने पूँजी जुटाएर लाइसेन्स पाउने अन्तिम तयारीमा रहेका छन् । उनिहरुले केहि समय भित्रै लाइसेन्स पाउने जनाइएको छ । जसमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी रहेका छन् । नेपाल माइक्रोमा दिपक भट्टको लगानी रहेको छ भने गार्डियनमा राज बहादुर शाह सहित गोल्छा र अग्रवाल समुहको लगानि रहेको छ ।

त्यस्तै क्रेष्ट माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले पूँजी जुटाए पनि लाइसेन्सका लागि बीमा प्राधिकरणमा आवेदन भने दिएका छैनन् । उनिहरुले आवस्यक पूँजी जुटाएर आवस्यक प्रकृयाँ अगाडी बढाउन सकेका छैनन् । क्रेष्टमा दुगड समुह सहित मारवाडी समुदायका व्यक्तिहरुको सर्वाधिक धेरै लगानी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

11%

दु :खी

67%

अचम्मित

11%

उत्साहित

11%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS