काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि चैत २० गते सोमबार २८ अर्ब ५ करोड बराबरको ट्रेजरी बिलको बोलकबोल गर्दैछ । राष्ट्र बैंकले चैत २१ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकले २८ दिनका लागि ४ अर्ब, ९१ दिनका लागि ७ अर्ब ७५ करोड, १८२ दिनका लागि ५ अर्ब ३० करोड र ३६४ दिनका लागि ११ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः २०८० वैशाख १९ गते, असार १९ गते, असोज १६ गते र चैत २० गते परिपक्व हुनेछन् ।
यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुने जनाएको छ ।