काठमाडौं । आज नेप्शे परिसूचक२० प्रतिशतले घटेर १८८८.५५ को विन्दुमा कायम भएको छ । आज १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ९.९६ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य २१३ रुपैयाँ कायम भएको छ ।
यसैगरी आज सिटिजन म्युचुअल फन्डको शेयर ६.१० प्रतिशतले बृद्धि भएको छ भने जीवन बिकास लघुवित्त वित्तीय संस्थाको शेयर ४.८७ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य १ हजार ४३७ रुपैयाँ कायम भएको छ ।