काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २० अंकले घटेर १,८८८ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज २३ कम्पनीको शेयर मुल्य बढेको छ । १८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ५१ लाख रुपैयााको शेयर कारोबार भएको छ । रिडी पावरको ३ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाएका छन् । यस कम्पनकिा लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् । सिटिजन म्युचुअल फण्ड १ का इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । जीवन विकास लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तका लगानीकताृले गुमाएका छन् । यस कम्पनीक ालगानीकर्ताले ९ दशलमव ६१ प्रतिशतका दरले गुमाएका छन् ।