काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडले आजबाट १०५ प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको छ । क्यापिटलले चैत ४ गतेसम्म कायम शेयरधनीहरूका लागि एक शेयर बराबर नयाँ शून्य दशमलव पाँच शेयरको अनुपातमा ४० हजार ८ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो ।
प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा विक्रीमा आएको यो हकप्रद शेयर खरीदका लागि सम्बन्धित शेयरधनीहरूले आगामी जेठ ७ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर बराबरको रकम कम्पनीको प्रभु बैंक लिमिटेडको चल्ती खाता नम्बर ००३०१३४९३४००००११ जावलाखेल शाखामा जम्मा गरी भौचर सहितको आवेदन कम्पनीको रजिष्टर्ड कार्यालय जावलाखेलमा बुझाउनुपर्नेछ ।
पछिल्लो समय मचेन्ट बैंकरहरूले हकप्रद शेयरमार्फत पूँजी वृद्धि गरिरहेको अवस्थामा यस कम्पनीले पनि पूँजी बढाउन हकप्रद जारी गरेको बताइएको छ ।