काठमाण्डाै । जीवन बीमा व्यवसायमा बढी भन्दा बढी ठूलाे बीमांककाे बीमालेख बिक्री गरेर धेरैभन्दा धेरै बीमाशुल्क आर्जेर व्यवसायीक लक्ष्य पुरा गर्ने ध्याउन्नमा कम्पनीका कर्मचारी र छाेटाे समयमा मनग्ये पैसा आर्जन गर्ने अभिकर्ता लाग्दा असमयमै बीमालेखकाे मृत्यु हुने क्रम बढ्दै गएकाे छ।
ठूलाे बीमांककाे बीमालेख बिक्री गर्दा धेरै जना बीमितलाई बीमालेख खरिद गर्नका लागी अनुनय विनय गरिरहनु नपर्ने,मनग्ये कमिशन पाइने र आफ्नाे व्यवसायीक लक्ष्य समेत छाेटाे समयमै पुरा हुँदा पद्दाेन्नती तथा अन्य सुविधा समेत सहजै प्राप्त हुने भएकाले स साना रकमकाे बीमालेख बिक्री गर्नुभन्दा ठूलाे माछा पक्रने ध्याउन्नमा अभिकर्ता, बीमा कम्पनीका कर्मचारी र स्वयम् बीमा कम्पनीकाे उच्च व्यवस्थापनकाे समेत ध्यान केन्द्रित हुँदा छाेटाे समयमै बीमालेख समर्पण हुने वा व्यतित भएर जाने जाेखिम उच्च हुँदै गएकाे छ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०७९।८० को पहिलाे ७ महिनाको अवधिमा ५३ वटा जीवन बीमालेख बीमितले बीमा अवधि पुरा नहुँदै बन्द गराएका छन् । उक्त बीमालेख समर्पण (सरेण्डर) हुँदा ७ अर्ब ७६ करोड रुपैयाँ समर्पण मूल्य बराबरको जीवन बीमालेख बन्द अर्थात् समर्पण भएकाे छ । बीमितले बीमालेखवापतकाे बीमाशुल्क नियमित भुक्तानी गर्न सक्ने क्षमता नभएकाे अवस्थामा बीमालेख नै बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आइपर्छ।
आधा दशकदेखि जीवन बीमा व्यवसायमा संलग्न पेशागत अभिकर्ता राजु साह भन्छ्न्, ‘फोर्सफुली(अनुचित दबाबमा) ठूलो बीमा र प्रिमियम (संकलन) बीमा जगतको अपराध हो, प्रिमियम उठ्दैमा मख्ख हुने कारण देख्दिन म ।’ उनकाे भनाईमा जीवन बीमा दीर्घकालका लागी निरन्तर गरिने लगानी भएकाले कसैकाे एक पटक मात्र भुक्तानी गर्न सक्ने क्षमताकै आधारमा ठूलाे बीमांककाे जीवन बीमा गर्न बाध्य बनाउनु अपराध हाे ।
दुई चार वर्ष थाेरै थाेरै गरेर जम्मा गरेकाे बचत रकम वा सीमित अवधिका लागी वैदेशिक राेजगारमा गएका बेलाकाे आम्दानीलाई आधार मानेर जीवन बीमा गरिदिंदा बीमितमाथि अन्याय हुने गरेकाे छ। नेपालबाट खाडी लगायतका मुलुकमा वैदेशिक राेजगारीमा रहेकाे व्यक्तिकाे जागिर र आम्दानी दुबै निश्चित अवधिका लागी मात्र हुन्छ, यस्ताे अवस्थाका कारण उनीहरुकाे जागिरमा आएकाे परिवर्तन वा स्वदेश फिर्तीका कारण आम्दानीकाे श्राेत सीमित भएकाे अवस्थामा बीमाशुल्ककाे भारी किस्ता तिरेर बीमालेख निरन्तरता दिन सक्ने अवस्था हुँदैन । अर्काे तर्फ दुःख गरेर एक पटक तिरेकाे बीमाशुल्कवापतकाे रकम पनि डुब्दा झन् आहत पुग्छ।
एशियन लाईफ इन्स्याेरेन्स पेशागत अभिकर्ता संघ बीमक समितिका अध्यक्ष दामाेदर लामिछाने समेत अभिकर्ता राजु साहकाे धारणालाई समर्थन गर्दै अनुचित दबाबमा पारेर जीवन बीमा गराउनुलाई अपराधकै संज्ञा दिन्छन् ।
बीमा कम्पनीकाे उच्च व्यवस्थापनले वार्षिक सभा समाराेहहरूमा ठूलाे ठूलाे बीमांक र बीमाशुल्क संकलन गर्ने अभिकर्ता वा कर्मचारीलाई मात्र सम्मान गरिदिंदा बीमाकाे वास्तविक सिद्धान्तलाई आत्मसाथ गर्दै स साना बीमांककाे जीवन बीमालेख बिक्री गरेर न्यून आय क्षमता भएका वर्गसम्म बीमाकाे पहुँच पुर्याउन याेगदान दिने अभिकर्ताहरु निरुत्साहित हुने अवस्था छ।
पछिल्लाे समयमा उच्च व्यवसायीक लक्ष्य पुरा गर्नका लागी जीवन बीमा कम्पनीकाे उच्च व्यवस्थापनले ठूलाे ठूलाे बीमांककाे बीमालेख बिक्री गर्ने समूहलाई अनुचित संरक्षण र लाभ दिंदा गाउँगाउँमा पुगेर सीमान्तकृत वर्गकाे उद्धार गर्न अहाेरात्र खटिने अभिकर्तालाई अन्याय भइरहेकाे पेशागत अभिकर्ताहरुकाे गुनासाे छ।