IME Life
Beema Board

उपनिर्वाचनका लागि मतदाता नामावलीको उतार उपलब्ध गराउन आयोगको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावलीको उतार उपलब्ध गराउने व्यवस्था मिलाउन निर्वाचन आयोगले निर्देशन जारी गरेको छ ।

आयोगले चितवन जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ तथा बारा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवार हुन चाहने वा उम्मेदवारको निर्वाचन प्रतिनिधि हुन चाहने व्यक्तिले मतदाता नामावलीको उतार लिन कुनै निर्वाचन कार्यालयमा पनि निवेदन दिन सकिने आयोगले जनाएको छ ।

Prabhu
Crest

आयोगका अनुसार निवेदन प्राप्त भएमा सम्बन्धित निर्वाचन कार्यालयबाट तोकिएको प्रक्रिया पूरा गरी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–२ बमोजिमको ढाँचामा नामावलीको उतार उपलब्ध गराइने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS