IME Life

‘आइपीएल क्रिकेट २०२३’ अब डिसहोम टिभीमा हेर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आइपी टिभीको सेवा शुभारम्भ गरेको छ । नेपालको पहिलो प्रिमियम आईपी टिभी डिएच, आइटिभी, डिटीएच र टीटु भन्दा फरक प्रविधी इन्टरनेट प्रोटोकल बेस भएको कारण यो आइपी टिभीमा लोकप्रिय क्रिकेट टुर्नामेन्ट आइपीएल एचडी क्वालिटीमा हेर्न सकिन्छ । यस्तै अन्र्तराष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी आफुले चाहेको समयमा हेर्न सकिने डिस होमले जनाएको छ ।

लाईभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियलसंगै अन्य सेवा प्रदायकमा उपलव्ध नभएको च्यानल, नेपाली भाषामा लोकप्रिय कोरीयन सिरिज जस्ता डिशहोमका एक्सक्लुसिभ च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा वढि विभिन्न कन्टेन्टहरु, भिडियो अन डिमान्ड, क्याच अप, टिभि स्टाटृओभर, युट्युव, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलव्ध रहेकोछ ।

Prabhu
Crest

इन्टरनेट प्रोटोकल नेटवर्क मार्फत टेलिभिजन सिग्नल प्राप्त हुनेभएकोले यो सेवा लिनको लागि इन्टरनेट कनेक्सन हुन जरुरी हुन्छ । ग्राहकहरुले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर डिएच फाइबरनेट जडान गरि नेपालको पहिलो प्रिमियम आईपी टिभी डिएच आइटिभीमा हेर्न सकिन्छ ।

ग्राहकहरुले डिटिएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउने छ भन्ने कम्पनीले विश्वास लिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS